24.8 C
Mahendranagar
Wednesday, May 1, 2024
spot_img

पर्यटकको आकर्षण बढाउन प्यागोडा शैलीमा मन्दिर निर्माण

दार्चुला , आश्विन १४, २०७५ ।

दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने दुहुँ गाउँपालिका–२ हिकिलामा पर्यटकको आकर्षणका लागी प्यागोडा शैलीमा ब्रहमदेवताको मन्दिर निर्माण भैइरहेको छ ।

उक्त मन्दिर जिल्लाकै नमुनाका रुपमा समेत निर्माण भैइरहेको गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताए ।

ब्रहम देवताको बास रहेको उक्त मन्दिर निर्माणमा १ करोड रुपैया लागत लाग्ने अनुमान गरिएको छ ।

विगतमा मर्मत सम्भार अभावमा ओझेलमा परेको ब्रहम मन्दिर स्थानिय सरकार आए संगै आकर्षक रुपले निर्माण भैइरहेको स्थानिय मोहन दत्त जोशीले बताए ।

मन्दिर निर्माणका लागी साविकको हिकिला गाविसले २ लाख र दुहुँ गाउँपालिकाले रु ७ लाख रुपैया सहयोग गरेको उनको भनाई छ ।

सरकारी स्तरबाट ९ लाख रुपैया तथा स्थानीयको नगद सहयोग र जनश्रमदानबाट करिव १ करोडमा मन्दिर निर्माण हुन लागेको उनको भनाई छ ।

मन्दिरको निर्र्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्यागोडा शैलीमा निर्माण भैइरहेको उक्त मन्दिरका झ्याल, ढोका तथा टुडालहरुमा विभिन्न देवी देवताका चित्रहरु कुदिएका छन, भने स्थानीय स्तरमा पाइने ढुंगा र काठको अधिकतम प्रयोग गरिएको छ ।

मन्दिरको छाना छाउन ताम्रपत्रको प्रयोग गरिने गाउँपालिकाका अध्यक्ष कार्कीले बताए ।

मन्दिर निर्माणका लागी विदेशमा बस्ने नेपालीहरुले समेत ठुलो परिमाणमा आर्थिक सहयोग गरेको निर्माण समितिले जनाएको छ ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको उक्त मन्दिर निर्माण पश्चात आन्तरिक तथा बाह्य क्षेत्रबाट पर्यटकहरुको आकर्षण बढ्ने गाउँपालिकाले अपेक्षा राखेको अध्यक्ष कार्कीले बताए ।

गाउँपालिका भित्र पर्यटकिय स्थलहरु प्रसस्त रुपमा रहेका छन् ।

पर्यटकिय स्थलहरुमा सिद्धटोपी, ब्रहमदह ताल, पासादह ताल, रानीकोटा, फारा दह, सुलाइत प्राकृतिक गुफा, भाडी कृत्रिम गुफा रहेका छन् ।

यस्तै बसकोट परापुुर्वकालमा याहाका पुर्खाहरुले ढुंगामा पानी लैजान बनाइएको कुलो, दम्दाकोट लगायत १४÷१५ कोटहरु रहेको गाउँपालिकाका अध्यक्ष कार्कीले बताए ।

धार्मिक अन्तर्गत ब्रहम मन्दिर, मालिकार्जुन मन्दिर, दुर्गाभवानी र छिपुलाकेदार मन्दिर रहेको उनले बताए ।

दुहुँ क्षेत्रको सांस्कृतिक महत्व बोकेका सरौ नाँच, डेउडा, झोडा, सगुन र खुकुरी नाँच प्रसिद्ध रहेका छन् ।

गाउँपालिका भरी रहेका पर्यटकिय स्थालहरुको संरक्षण एवं विकासका लागी १५ लाख रुपैया विनियोजन गरेको अध्यक्ष कार्कीले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles