39.4 C
Mahendranagar
Monday, April 29, 2024
spot_img

एक युवक दुई साता देखि बेपत्ता

बाजुरा , कार्तिक ७, २०७५ ।

भारतको सिम्लामा काम गरेर फर्किएका हिमाली गाउपालिका वडा नं २ रुम्दीका एक युवक दुई साता देखि बेपत्ता भएका छन ।

चार जनासाथीहरु संगै आएका निर्मल खड्का सम्र्पक विहिन अवस्थामा रहेको पारिवारिक स्रोतले जनाएको छ ।

भारतबाट काम गरेर नेपाल फर्किने क्रममा लुटपाटमा परेका बाजुराका चार जना मध्य एक जनाको अवस्था दुई हप्ता देखि अज्ञात रहेको हो ।

काम गरेर फर्किने क्रममा भारतको हरिद्धार स्थित होटलमा बसेको बेला बेहोस बनाई आफूहरुसंग भएको २ लाख नगद र सामान समेत लुटपात गरेको लुटपातमा परेका युवाहरुले बताएको हिमाली गाउपालिका वडा नं २ का वडाध्यक्ष धनरुप बुढाले बताउनु भएको छ ।

आफूहरु होसमा आउदा निर्मल खड्का त्यहा थिएनन, कहाँ गए भन्ने थाहा भएन संगै आएका रगु खड्काले बताउनुभयो ।

आफूहरुले ल्याएका सामान पनि थिएनन र आफूहरु लुटपातमा परेको थाहा पाए पछि स्थानीय ंग पैसा मागेर नेपाल फर्किएको

खड्काले बताउनु भयो ।

बाजुराको हिमाली गाउपालिका वडा नं २ रुम्दीमा बसोवास गर्ने रगु खड्का, जोल खड्का, नर खड्का जेनतेन घर फर्किए पनि संगै रहेका निर्मल खड्काको अवस्था अहिले सम्म थाहा नभए पछि आफन्त चिन्तीत बनेका छन ।

भारतमा काम गर्न गएका नेपालीहरु बेला बेला ठगिने, लुटपाटमा पर्ने जस्ता समस्या पटक पटक भई रहेका छन ।

सिमामा भारतीय प्रहरी देखि स्थानिय गुण्डाहरुले नेपालीको पैसा र धनमाल लुटपाट गर्ने देखि हत्या सम्मगर्ने गरेका छन ।

निर्मलको खोजीकार्यमा सहयोग गरिदिन प्रराष्ट्र मन्त्रालय नेपाल स्थित भारतीय दुतावास लगायत अन्य कुटनितीक नियोग समक्ष आफन्तजनले अपिल गरेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles