34.5 C
Mahendranagar
Friday, May 3, 2024
spot_img

तटबन्ध योजना तोडमोडको षड्यन्त्रमा नेता देखि मन्त्री सम्म

कञ्चनपुर , कार्तिक १३, २०७५ ।

कञ्चनपुरको झर्नाखोला नियन्त्रणको योजना अरुठाँउ सार्ने षड्यन्त्र भईरहेको छ ।

वाढी, प्रकोप र कटानी उच्च जोखिममा रहेको कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ र बेलौरी नगरपालिका ९ भएर बग्ने झर्नाखोला नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षमा ‘झर्नाखोला तटबन्ध’ निर्माणका लागि विनियोजन गरिएको बजेट सार्ने षड्यन्त्र भईरहेको हो ।

भौतिक पुर्वाधार विकास मन्त्रालय स्रोतका अनुसार कञ्चनपुरका केही नेताले उक्त झर्नाखोलाको बजेट काटेर आफ्नो गाउँतिर कालोपत्रेका लागि माग अघि सारेपछि उक्त योजना सार्ने षड्यन्त्र भईरहेको खुलेको हो ।

मन्त्रालय स्रोतका अनुसार झर्नाखोलामा महाकाली सिँचाईले काम गर्ने भन्दै उक्त रातो किताबमा राखिएको बजेट काटिदिएर आफ्नो भने अनुसारको ठाउँमा सारिदिन भौतिक पुर्वाधार विकास मन्त्री पठान सिह बोहरासंग छलफल गर्नुभएको थियो ।

‘कञ्चनपुरबाट आएका ति व्यक्तिले मन्त्रीसंग झर्नाखोलाको रकम काटेर अयन्त्र सार्ने भनेका थिए, ‘स्रोतले भन्यो, ‘तर मन्त्री ज्यूले रातो किताबमा राखिएको बजेट न काट्न सकिन्छ न अन्यन्त्र सार्न सकिन्छ भन्दै जवाफ दिएका थिए ।’

मन्त्रीसंग योजना काटिदिएर अयन्त्र सार्ने समुह को हुन भन्ने बारेमा स्रोतले बताउनुभएन ।

उहाँहरु सत्ता पक्ष, विपक्षी अर्थात कुनै एनजिओ आईएनजिओका व्यक्ति को हुन भन्ने एकिन नभएको स्रोतको भनाई छ ।

झर्नाखोला नियन्त्रणका लागि आएको योजना अन्यन्त्र सार्ने खबर पाएपछि पीडित आक्रोसित भएका छन् ।

झर्नाखोला पीडितले स्थानीय जनप्रतिनिधी, अगुवा नेताको पहलमा प्रदेश सरकारले खोला पीडितको लागि विनियोजन गरेको रकममा रजाई गर्न गम्भिर कुठाराघात भएको भन्दै प्रदेश सरकारको ध्यानाकषर्ण गराएका छन् ।

पीडितले झर्नाखोलाको बजेट काटेर अन्तै लग्ने व्यक्ति र सम्बन्धीत सरकार बिरुद्ध आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् । झर्नाखोला पीडितले विनियोजन गरेको रकममा कुठाराघात नगर्ने समेत आग्रह गरेका छन् ।

बेलडाँडी गाउँपालिका प्रमुख धन बहादुर थापाले झर्नाखोलाको उक्त रकम सार्नका लागि केही व्यक्तिले छलफल चलाएको भन्दै सार्न नहुने तर्क गरे ।

‘जे कामका लागि आएको योजना बजेट हो, त्यही काममा लगाउनुपर्छ, ‘उहाँले भन्नुभयो,

‘अयन्त्र सार्नु हुँदैन सार्ने काममा गाउँपालिकाको विमती रहन्छ ।’

प्रदेश सभा सदस्य कुलबिर चौधरीले जनताको निर्णय र माग अनुसार काम गरिने बताउनुभयो ।

सुप प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिह बोहराले रातो किताबमा उल्लेख भएको बजेट अन्यन्त्र सार्ने नसकिने बताउदै झर्नाखोला नियन्त्रणका लागि खर्च गरिने बताउनुभयो ।

स्थानीय राजनीतिक दलले पनि झर्नाखोला कञ्चनपुरको विकराल समस्या भन्दै बजेट काट्ने विषयको घोर बिरोध गरेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles