38.3 C
Mahendranagar
Sunday, April 28, 2024
spot_img

अछाममा थप २५ तोला सुन र ३० तोला चाँदी फेला

अछाम, वैशाख २८ ।

जिल्लामा क्याम्पस भवनका लागि जग खन्ने क्रममा थप सुन र चाँदी फेला परेको छ। साँफेबगर नगरपालिका–२ श्रीकोटमा रहेको त्रिपुरा बहुमुखी क्याम्पस भवन निर्माणका लागि जग खन्ने क्रममा थप सुनचाँदी फेला परेको हो। जग खन्ने क्रममा थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको हो।

यसअघि भवनको जग खन्ने क्रममा १९ तोला ८९ लाल सुन र १ सय ३२ तोला चाँदी फेला परेको थियो। फेला परेको सुन चाँदी मजदूरहरुले भागवण्डा गर्दा कुरा नमिलेपछि जग खन्दा सुन फेला परेको कुरा बाहिर आएको थियो। ति मजदुरलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि थप सुन चाँदी फेला परेको हो। सवै सुन र चाँदी प्रहरीको संरक्षणमा राखिएको छ।

पहिले राजाको बसोबास रहेको ठाउँ भएकाले पुराना सुनचाँदीहरु भेटिएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। विस १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ।

बिस १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उनको प्रभावलाई नष्ट पार्न र सिंजाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यस बेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles