30.7 C
Mahendranagar
Monday, April 29, 2024
spot_img

प्रदेश सरकारले प्रभावित क्षेेत्रमा राहत र उद्घारको कार्य संचालन गर्ने

कंचनपु ,जेठ २४ गते ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रभावित क्षेेत्रमा राहत र उद्घारको कार्य संचालन गर्ने  भएको छ। कैलाली र कंचनपुरमा हावाहुरीका कारण ज्यान गुमाएका प्रती श्रद्धान्जली  र घाईतेको स्वास्थ्य लाभको कामना गर्दै सरकारले उक्त निर्णय गरेको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिएको हो।

कानुन मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्रभावित क्षेत्रमा राहत र उद्धारको कार्य तत्काल संचालन गर्ने निर्णय गरेको बताए। उनले क्षतीको एकिन विवरण संकलन भएपछि सरकारले राहतको प्रवन्ध मिलाउने समेत जानकारी दिए।

हावाहुरीका कारण अवरुद्ध भएका सडक, विद्युत, खानेपानी, टेलिफोन समेत तत्काल सुचारु गर्ने गरि काम भईरहेको बताए।

 

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles