कैलाली साउन १९।
कैलालीको चुरेमा अवैध मदिरा संकलन गरि नष्ट गरिएको छ। चुरे गाँउपालिकामा पर्ने सहजपुर, लक्ष्मीबजार, टेडिबजार, गडी बजार र फल्टुडे बजारबाट चार सय ५० लिटर मदिरा बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ।
गाँउपालिकाका प्रतिनिधि, महिला समुह लगाएतको सहभागितामा अवैध मदिरा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय फल्टुडेले जनाएको छ।