40.4 C
Mahendranagar
Sunday, April 28, 2024
spot_img

डेढ महिना अघि संकलित स्वाबको रिपोर्ट आएन, बैतडीका १४४ जना RDT पोजेटिवको रिपोर्ट गायब

बैतडी, २९ साउन ।

करीब डेढ महिना अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका मध्ये १४४ जनाको स्वाबको रिपोट नआएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । बैतडीमा भारतबाट फर्केका र आरडीटी पोजेटिभ आएका विभिन्न ठाउँका १४४ नागरिकको स्वाबको रिपोट अझै आएको छैन् ।

मेलौली नगरपालिका ८० जना, दोगडाकेदार गाउँपालिकाका ३९ जना, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाका ९÷९ जना र शिवनाथ गाउँपालिकाका ७ जनाको स्वाबको रिपोट नआएको हो ।

स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाइएको भएपनि डेढ महिना बढी बितिसक्दा समेत रिपोट नआएको जोशीले बताउनुभयो । रिपोट नआएका स्वाबहरु हराएको अथवा अन्यत्र कतै रिपोट गएको हुन सक्ने आशंका गरिएको छ ।

समयमा रिपोट नआएपछि क्वारेन्टाइनमा बसेका ती नागरिक १४ दिने क्वारेन्टाइन बसाईपछि घर फर्किसकेका छन् । समयमा स्वाबको रिपोट नआएपछि धनगढी प्रयोगशालालाई जानकारी गराईसकेको भएपनि स्वाब रिपोट अझै आउन नसकेको कोभीड १९ सम्पर्क व्यक्ति जोशीले जानकारी दिनुभयो ।

जिल्लामा अहिले सम्म २ हजार २८१ जनाको स्वाब संकलन गरिएकोमा ३२२ जनामा कोरोना पुष्टी भईसकेको छ । कोरोना पुष्टी भएका १५ जना बाहेक सबै डिस्चार्ज भईसकेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles