कैलाली, ३० साउन।
बिहीबार चट्याङ लागेर १३ वर्षिया अन्जु शाहीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
दिउँसो जंगलमा बाख्रा चराउन गएका बेला उनलाई चट्याङ लागेको र चट्याङबाटै सोही ठाउँकी १४ वर्षिया भावना शर्मा घाइते भएको स्थानीय श्यामलाल चौधरीले बताए ।

घाइते भावनाको अहिले लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार भइरहेकोे छ । मृतक अन्जुको शव भने पोस्टमार्टमको लागि टीकापुर अस्पताल लगिएको छ ।