कञ्चनपुर, पुष २५ ।
कञ्चनपुरमा भन्सार छलीका अवैध समान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चपुर मातहत इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी गस्ती टोलीले कृष्णपुर नगरपालिका वडा नम्बर ५ हरियाली सामुदायिक वनबाट सामान बरामद गरेको हो।

८६ हजार ८०० बराबरका जुत्ता, लेडिज घडी र दुध पाउडर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ। – DineshKhabar