32.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

चालक र सह–चालकमाथि आक्रमण, आक्रमणमा संलग्न एक जना पक्राउ

धनगढी, भदौ २३।

कैलालीको धनगढीमा प्रहरीको पोस्ट नजिकै ट्याङ्करका चालक र सह–चालकमाथि सामूहिक आक्रमण भएको छ।

धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा रहेको ट्याङ्करको पार्किङ स्थलमा शनिवार राति ११ बजे चालक हरि देउवा र सह–चालक अनिल देउवामाथि सामूहिक आक्रमण भएको हो। मिलनचोकमा नै त्रिनगर प्रहरी चौकी मातहतको प्रहरी पोस्ट रहेको छ।

तर, रातिको समयमा इन्धन ढुवानी गर्ने ट्याङ्कर भित्र सुतिरहेको अवस्थामा हातहतियारसहितका ३० भन्दा बढी युवाहरूले उनीहरूमाथि आक्रमण गरेका हुन्। ट्याङ्कर व्यवसायी संघका अध्यक्ष ललित चन्दले चालक हरि देउवा र सह–चालक अनिल देउवाको टाउको, हात र खुट्टामा गहिरो चोट लागेको बताएका छन्।

धनगढीको मिलनचोक स्थित ट्यांकर पार्किङ गरेकै ठाउँमा गएर भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषीमाथि कडा कारबाहीको हुनुपर्ने सगंठनले माग राखेको छ। सगंठनका प्रदेश अध्यक्ष ललित दन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित भन्सार कार्यालय नजिकै मिलन चोकमा रहेको इन्धन ढुवानी गर्ने टेंकर पार्किङ स्थलमा शनिबार राति साढे ११ बजे अज्ञात समुहको आक्रमणमा परि टेंकर चालक हरी देउवा र सह–चालक अनिल देउवामाथि साङ्घातिक हमला गरि गम्भिर घाइते बनाएको घटनाप्रति घोरआपत्ति र भत्सर्ना गर्दछु।

उनीहरुको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार हुँदैछ। ट्याङ्कर व्यवसायीहरूले सुरक्षाको माग र घटनामा सङ्लग्नहरूलाई कारबाहीको माग गर्दै कैलाली प्रहरीमा जाने तयारी गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले एक जनालाई पक्राउ गरिएको बताए। तर, उनको परिचय सार्वजनिक गरिएको छैन। – दिनेश खबर

Related Articles

Leave a Reply

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading