29.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

कैलाली र बैतडीमा एकैदिन पाँचवटा सवारी दुर्घटना, १३ जना घाइते

कैलाली, भदौ २६।

कैलाली र बैतडीमा एकैदिन पाँचवटा सवारी दुर्घटना भएका छन्।

दुर्घटनामा १३ जना घाइते भएका छन्। कैलालीको लम्की–चुहा नगरपालिका–३ डुडेझाँडीस्थित पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको स्कुटर अनियन्त्रित भएर पल्टिदा ४२ र ४८ वर्षीय दुई जना घाइते भएका छन्। घाइते दुबै जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ।

यस्तै गौरीगंगा नगरपालिका–१ गोप्कास्थित पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको पिकअप बोलेरो जिप अनियन्त्रित ३० वर्षीय एक जना घाइते भएका छन्। उनको डिके अस्पताल चौमालामा उपचार भइरहेको छ। यसैगरी धनगढी उपमहानगरपालिका–१९ खेदास्थित एक मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा १७ र २० वर्षीय २ जना घाइते भएका छन्।

घाइते दुबै जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। उता बर्दगोरिया गाउँपालिका–२ पीपल चौतारास्थित उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलले विपरीत दिसाबाट आउँदै गरेको अटोरिक्सा एकआपसमा ठोक्किदा १८ र २१ वर्षीय २ जना घाइते भएका छन्। घाइते दुबै जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ। – दिनेश खबर

Related Articles

Leave a Reply

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading