मंसिर १८ – झलारीखबर,
काठमाडौंमा पूर्वस्वास्थ्यमन्त्री गगन थापा लाई लक्षित गरेर बम विस्फोट गरिएको छ । विस्फोटमा काठमाडौं ४ का उम्मेदवार गगन थापासहित ११ जना घाइते भएका छन् । उनीहरु मध्ये चारको अवस्था गम्भीर छ ।सबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घरदैलो अभियानका क्रममा सडकमा हिडिँरहँदा विस्फोट भएको थापाले बताएका छन् ।गगन थापाले भने, “घरदैलो निर्धारित समयभन्दा ढिला सुरु भएकाले जुलुसलाई अगाडि तान्नु पर्यो भनेर म र एक जना साथी अगाडि बढेका थियौं, त्यसैले म बचेँ “। विस्फोट आफूलाई लक्षित गरेर नै भएको हुनसक्ने उनले बताए ।