काठमाडौँ, १९ माघ – नेपाल आयल निगमले बिहीवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा रु एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ ।
नयाँ मूल्य सूचि अनुसार अब पेट्रोल लिटरको १०४ रूपैयाँ पुगेको छ भने डिजेल र मटितेलको समान ८३ रूपैयाँ पर्नेछ ।
नया मुल्यसुची
डिजेल- रु ८३ /-
मट्टीतेल- रु ८३ /-
पेट्रोल- रु १०४ /-