22.9 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Monday, December 23, 2024
spot_img

जिल्ला प्रशासनद्वारा प्रधानन्यायाधीश पराजुलीको नागरिकता विवरण दिन इन्‍कार

काठमाडौँ — जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतमा पठाई सकिएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता सम्बन्धी विवरण दिन इन्‍कार गरेको छ । नागरिक अभियन्ता डा. गोविन्द केसीलगायतले पराजुलीको नागरिकता सम्बन्धमा जानकारी माग्दै यही माघ १० गते जिल्ला प्रशासनमा निवेदन दिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्वारा हस्ताक्षरित पत्रमा सर्वोच्च अदालतले माघ ५ गते पराजुलीको नागरिकता सम्बन्धमा पठाएको पत्र अनुसार माघ ९ गते नै विवरण पठाई सकिएको उल्लेख गर्दै मुद्दाका पक्षले नक्कल लिन पाउने हुँदा जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराई रहनु नपर्ने उल्लेख गरिएको छ ।
साथै नागरिकता नियमावली अनुसार कर्मचारी र निजका परिवारले आफु कार्यरत रहेको जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन सक्ने पनि उल्लेख गरेको छ । डा. केसीको समुहले यसअघि पराजुलीको नागरिकता सम्बन्धमा तनहुँ जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी माग गर्दै निवेदन दर्ता गराएको छ ।
मेडिकल कलेजका बारेमा सर्वोच्च अदालतले गरेको एक फैसलाको विरुद्ध डा. केसी अनसनमा बसेपछि अदालतको मानहानि भएको भन्दै उनलाई पक्राउ गरिएको थियो । त्यसको सुनुवाईको क्रममा डा. केसीले अन्य आरोपहरुका साथ प्रधानन्यायाधीश पराजुलीले दुई नागरिकता लिएको र त्यसमा फरक विवरण रहेको समेत आरोप लगाएका थिए । त्यही विवरण खोज्ने क्रममा डा. केसीको समुहले नागरिकताको विवरण माग गरेको हो ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading