20.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Monday, December 23, 2024
spot_img

राजधानीमै सार्वजनिक शौचालयको समस्या

धनगढी, दिनेश खबर

प्रदेश नम्वर ७ को राजधानी भईसक्दा समेत धनगढीमा सार्वजनिक शौचालयको समस्या कायमै रहेको छ। थोरै मात्रामा रहेका सार्वजनिक शौचालय पनि सरसफाईको अभावले अस्तव्यस्त रहेका छन्।
धनगढी उप–महानगरपालिका क्षेत्रमा रहेका आधा दर्जन सार्वजनिक शौचालय निकै दुर्गन्धित छन् भने प्रदेशको राजधानी भएर भिडभाड बढेपनि शौचालय थप गरीएका छैन्न।

भएका सार्वजनिक शौचालय पनि नियमित सरसफाईमा ध्यान नदिदा प्रयोग विहीनजस्तै बनेका छन्। उता घुम्ती शौचालय ल्याउने प्रचार गरेका कैलाली उद्योग वाणिज्य संघ र धनगढी जेसीजले अहिलेसम्म ल्याउन सकेका छैनन्।
धनगढी उपमहानगरपालिकामा घुम्ती शौचालय सञ्चालनमा ल्याईने भन्दै कैलाली उद्योग वाणिज्य संघले पनि प्रचार गरेको थियो। महोत्सव भन्दा धेरै अगाडी नै उद्योग वाण्ज्यि संघले धनगढी उप–महानगरपालिकालाई घुम्ती शौचालय हस्तान्तरण गर्ने बताएको थियो।

भारतबाट खरीद गरी ल्याईएको घुम्ती शौचालय भन्सार तिर्न बाँकी रहेकाले डेढ महिनादेखी भन्सारमा अड्काईएको छ। भन्सार छुटका लागि प्रक्रिया अगाडी बढाईएकाले समय लागेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर वोगटीले बताए।
बैशाखमा धनगढी दौडीन्छ कार्यक्रम सञ्चालन गर्दा धनगढी जेसीजले पनि धनगढीमा घुम्ती शौचालय ल्याउने बताएको थियो। तर जेसीजले घुम्ती शौचालय ल्याउने लामो प्रक्रिया अपनाउनु पर्ने भन्दै शव वहान किनेर नेपाल रेडक्रस सोसाईटीलाई हस्तान्तरण गरेको छ।

धनगढी जसीजका पुर्व अध्यक्ष टेकराज पनेरुले घुम्ती शौचालय ल्याउन ६÷७ महिना समय लाग्ने भएकाले आफुहरुले शव वहान किनेर नेपाल रेडक्रस सोसाईटीलाई हस्तान्तरण गरेको बताए।
शौचालय थप्ने विषयलाई चुनावी नारा बनाएका धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधिले अहिले त्यसतर्फ ध्यान दिएका छैनन् ।

सार्वजनिक शौचालय निर्माणका लागि जग्गा अभावको समस्या रहेको उप–महानगरपालिकाले जनाएको छ । जनप्रतिनीधीहरुले घुम्ती शौचालय समेत सञ्चालनमा ल्याउने नारा चुनावी घोषणा पत्रमा उल्लेख गरेका थिए ।
धनगढी उप–महानगरपालिका प्रवक्ता सुन्तोष मुडभरीले उपमहानगरपालीका संग सार्वजनिक शौचालयका लागी जग्गा नभएको र जग्गा खोज्ने काम भईरहेको बताए।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading