अप्टीकल फाईवरको लाईन काटिएपछि प्रदेश नम्बर ७ मा नेपाल टेलिकमका सबै सेवाहरु प्रभावित भएका छन्। कैलालीको अत्तरिया लम्की खण्डमा अप्टीकल फाईवर चुँडिएपछी टेलीकमको मोवाईल सेवा, ल्याण्ड लाईन तथा एडिएसएल लगायतका सेवाहरु प्रभावीत भएको नेपाल टेलीकमले जनाएको छ। टेलिकमका सबै सेवाहरु अवरुद्ध बने पछि मंगलवार बिहानैदेखी प्रयोगकर्ताहरु समस्यामा परेका छन्। चुँडिएको फाईबर मर्मतका लागी प्राबिधिकहरु खटाईएकोले साँझसम्म सेवा सुचारु हुने नेपाल टेलिकम धनगढीले जनाएको छ।
अप्टीकल फाईवर काटिएर अवरुद्ध प्रदेश ७ मा टेलिकमको सेवा साझँदेखी सुचारु
अप्टीकल फाईवरको लाईन काटिएपछि अवरुद्ध भएको प्रदेश नम्बर ७ मा नेपाल टेलिकमका सेवाहरु साझदेखी सुचारु भएका छन् ।कैलालीको अत्तरिया लम्की खण्डमा अप्टीकल फाईवर चुँडिएपछी दिनभर टेलीकमको मोवाईल सेवा, ल्याण्ड लाईन तथा एडिएसएल लगायतका सेवाहरु प्रभावीत भएका थिए ।साझ साढे ५ बजेदेखी भने सेवा सुचारु भएको छ ।