19.9 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Monday, December 23, 2024
spot_img

तेह्रथुमका चौध वटा स्वास्थ्य संस्थामा गर्भपतन सेवा शुरु

तेह्रथुम, वैशाख ९ गते ।

तेह्रथुमका चौध वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा शुरु भएको छ । जिल्लाका १४ वटा स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी नौ हप्तासम्मको गर्भपतन गर्न पाउने सेवा सञ्चालन भएको छ । सुरक्षित गर्भपतन गर्न पाउने महिलाको प्रजनन स्वास्थ्य अधिकार दुर्गम बस्तीका महिलाले उपभोग गर्न थालेका छन् ।

कानुनी रुपमा गर्भपतनले मान्यता पाएपछि सरकारले निःशुल्क सुरक्षित गर्भपतनको सेवासमेत थालेको थियो । तर सदरमुकाममा रहेको जिल्ला अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थामा सो सेवा विस्तार हुन सकेको थिएन ।

अब आइपास नेपालको सहयोगमा जिल्ला अस्पतालसहित संक्रान्तिबजार र वसन्तपुरका प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि सो सेवा शुरु भएको छ ।

यस्तै चुहानडाँडा, इवा, सम्दु, पोक्लाबाङ, ओयाक्जुङ, मोराहाङ र आङबुङ स्वास्थ्य चौकीबाट समेत औषधिको प्रयोग गरी सुरक्षित गर्भपतन सेवा प्रदान भइरहेको छ ।

यस्तै सोल्मा, हमरजुङ, ओख्रे र फाक्चामारा स्वास्थ्य चौकीबाट पनि गर्भपतन सेवा शुरु भएको जिल्ला स्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताउनुभयो ।

सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि जिल्लाभर २६ जना दक्ष स्वास्थ्यकर्मी खटिएका छन् । सूचीकृत स्वास्थ्य संस्था र दक्ष स्वास्थ्यकर्मीबाट मात्रै निःशुल्क गर्भपतन सेवा लिन जिल्ला स्वास्थ्य कार्यालयको आग्रह रहेको छ ।

सेवा शुरु भएको पहिलो वर्ष नै जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या वृद्धि भएको छ ।

यो वर्षको चैत मसान्तको अवधिमा १६० जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । नेपालमा महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भ सूचीकृत स्वास्थ्य संस्थाबाट पतन गर्न पाइने कानूनी व्यवस्था रहेको छ ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading