11.8 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Monday, December 23, 2024
spot_img

फेसवुकमा जथाभावी लेख्ने दुई पक्राउ, १ लाख जरिवाना अथवा ५ बर्ष कैद हुन सक्ने

काठमाडौँ, असार १३ ।

महानगरीय अपराध महाशाखाले प्रेस काउन्सिल नेपालका पदाधिकारीको मान प्रतिष्ठामा आघात पुर्‍याउने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले न्यूज २४ टेलिभिजनमार्फत प्रसारण हुने ‘सीधा कुरा जनता’ उपर परेको उजुरीका आधारमा छानबिनका घटनालाई आधार बनाई सामाजिक सञ्जालमा जथाभावी लेख्ने इलाम घर भई ललितपुर बस्ने विनोद गौतम र नवलपरासीका ३६ वर्षीय विष्णु ढकाललाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये गौतमलाई टेकु र ढकाललाई नवलपरासीको सुनवलमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको हो । उनीहरुलाई विद्युतीय कारोबार ऐनअन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौँमा अनुसन्धान गरिरहेको छ।

सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम रु एक लाखसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

– रासस

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading