30.1 C
Mahendranagar
Saturday, May 4, 2024
spot_img

तीस प्रतिशत धान रोपाइँ

विराटनगर, असार २२ गते ।

मनसुन प्रारम्भसँगै मोरङमा यसवर्ष हाल सम्ममा ३० प्रतिशत धान रोपाइँ सकिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक रुद्र राउतका अनुसार यसवर्ष कूल ७८ हजार हेक्टर जग्गामा किसानले धानखेती गरेका थिए । जिल्लाको ३१ हजार ६१० हेक्टरमा वर्षभरि र ३७ हजार ७७८ हेक्टरमा मौसमी सिँचाइ सुविधा रहेको छ ।

“विगतको भन्दा पाँच हजार ५९ हेक्टर जग्गामा धानखेती घटेको छ,” राउतले भन्नुभयो ।

आठ हजार ६६२ हेक्टर जग्गामा आश्रित किसान अकासे पानी, कुलो र पैनीका पानीमा निर्भर रही धानखेती गर्दैआएका छन् ।

भारतबाट आयातित रञ्जीत र स्वदेशी राधा–१२, सवा मन्सुली स्वर्णसव–१ र सुख्खा–३ जातका धान बढी मन पराउने कृषकको खेतमा अहिले बीउ तयारी अवस्थामा छ भने रोपाइँका लागि खेत धमाधम हिल्याउने काम भइरहेको छ । धानखेती जग्गा घट्नुका कारण व्यावसायिक रुपमा जग्गा खरिद बिक्री तथा घडेरीमा रुपान्तर भएको राउत बताउनुहुन्छ ।  (रासस)

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles