30.7 C
Mahendranagar
Monday, April 29, 2024
spot_img

प्रदेश १ का सबै ट्याङ्करमा आधुनिक ताल्चा

विराटनगर, असार २८ गते ।

नेपाल आयल निगमको विराटनगर क्षेत्रीय कार्यालय अन्तर्गत सञ्चालन भइरहेको इन्धन ढुवानी ट्याङ्करमा असार २८ गतेदेखि आधुनिक ताल्चा जडान हुने भएको छ ।

जेठभित्रै नयाँ ताल्चा प्रणालीमा जानुपर्ने भए पनि करिब एक महिना ढिलो गरी ताल्चा प्रणाली कार्यान्वयन गर्न लागिएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धन आयात गर्दा र नेपालको आन्तरिक वितरणका क्रममा बाटैमा इन्धन चुहावटको समस्या बढेपछि निगमले आईओसीसँगकै सहकार्यमा आधुनिक ताल्चा प्रणाली लागू गरेको हो ।

विराटनगरमा शनिबार औपचारिक कार्यक्रम आयोजना गरेर ताल्चा प्रणालीको आरम्भ गर्ने तयारी छ ।
विराटनगरमा सञ्चालित करिब ३२० इन्धन ढुवानी ट्याङ्करमा आधुनिक ताल्चा लाग्नेछ ।

करिब ९५ प्रतिशत ट्याङ्कर ताल्चा लगाउन तयारी भइसकेको क्षेत्रीय कार्यालय विराटनगरका प्रवन्धक तथा इन्जिनियर भरत रेग्मीले जानकारी दिनुभयो । ‘अब ५ प्रतिशत ट्याङ्करले लकिङ स्ट्रक्टर बनाउन बाँकी छ ।

अन्यथा त्यस्ता गाडीहरूलाई निगमले इन्धन ढुवानीका लागि पीडीओ उपलब्ध गराउने छैन’ उहाँले भन्नुभयो ।
आधुनिक ताल्चा प्रणालीमा गइसकेपछि साउन १ गतेदेखि त्यसलाई कडाइ पूर्वक कार्यान्वयनमा ल्याउने रेग्मीले बताउनुभयो । १ गतेपछि ताल्चा प्रणालीमा नजाने ट्याङ्करको ढुवानी रोकिने छ ।

स्टेनलेस स्टिलबाट निर्मित रडको संयोजनबाट इन्धन निकाल्न सकिने सबै मुखहरू एउटै तालाबाट बन्द गर्ने प्रणाली भरपर्दो मानिएको छ ।

आईओसीले पनि सोही प्रणाली अवलम्बन गरेको छ ।
पूर्वमा यसअघि चैत्र महिनामा ९० ओटा ट्याङ्करमा सो लकिङ सिस्टम प्रचलनमा ल्याइएको थियो ।

ती ट्याङ्करहरूले अहिले भारतको सिलिगुढीबाट इन्धन ढुवानी गर्दै आएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles