11 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Monday, December 23, 2024
spot_img

औलोको जोखिम न्यूनीकरण गर्न ७० हजार कीटनाशक झूल वितरण

कञ्चनपुरमा औलोको उच्च जोखिमा रहेका ७० हजार बासिन्दालाई कीटनाशक झूल निःशुल्क वितरण गरिएको छ ।

औलो बढी देखिएका वेदकोट, कृष्णपुर, पुनर्वास नगरपालिकाका क्षेत्रका बासिन्दालाई जिल्ला जनस्वास्थ्य कार्यालयले ग्लोबल फन्डको सहयोगमा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण गरिएको जिल जनस्वास्थ्य कार्यालयका औलो शाखा प्रमुख हेमराज जोशीले बताए । “गर्भवती महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी झूल वितरण गरेका छौं ” उनले भने ।

कञ्चनपुरमा बर्षेनी औलोका बिरामीको संख्या ९सयकोे हाराहारीमा रहने गरेको छ ।

औलोसम्बन्धी कार्य सम्पादनमा कञ्चनपुर उत्कृष्ट
औलो रोग रोकथामका लागि कञ्चनपुर जिल्लाजनस्वास्थ्य कार्यालय पुरस्कृत भएको छ ।

औलोसम्बन्धी कार्य सम्पादनमा देशभरिमै कञ्चनपुर उत्कृष्ट ठहरिएपछि स्वास्थ्य विभाग र इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रशंसापत्रसहित पुरस्कृत गरेको औलो शाखाका प्रमुख जोशीले बताए ।

गत वर्षको कार्य सम्पादका आधारमा कार्यालयलाई प्रशंसापत्र प्रदान गरिएको उनले बताए ।

-रासस

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading