39.4 C
Mahendranagar
Monday, April 29, 2024
spot_img

सुत्केरीको लगातार मृत्यू हुन थालेपछि नोबेलमा प्रसुति सेवा बन्द

विराटनगर, असार ३० गते ।
एकै प्रकृतिका तीन घटनामा दुईसातामा एक नवजात शिशुसहित तीन सुत्केरीको मृत्यु भएपछि विराटनगर स्थित नोबेल अस्पतालले प्रसुति सेवा बन्द गरेको छ ।

पछिल्लो दुई सातामा घटेका घटनामा अस्पतालको लापर्वाही देखिएको आफन्तको आरोप छ ।

उपचारका लागि आएका विरामीको निरन्तर मृत्यु भएपछि न अस्पताल संवेदनशील बनेको छ नत नियमनकारी निकाय नै ।
उपचारका क्रममा मृत्यु भएकाहरुलाई अस्पतालले क्षतिपूर्ति दिएर थामथुम पारिरहेको छ ।

तर निरन्तर उपचारकालागि आएका विरामीको ज्यान गइरहेको बिषयमा अस्पताल संवेदनशील बनेको छैन । विरामीको मृत्यु हुन थालेपछि अस्पतालले प्रसूति सेवा नै बन्द गरेको छ ।

नेपाल सरकारको आमा सुरक्षा कार्याक्रममार्फत प्रसूति सेवा सञ्चालन गर्दै आएको नोबेलले आइतवारदेखि सेवा बन्द गरेको हो ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले प्रसूतिका लागि छुट्टै कक्ष बनाउने काम सुरु गरेको बताउदै तत्काललाई प्रसूति सेवा बन्द गरेको जानकारी दिए ।

तर सेवा बन्द गर्नुमा अस्पतालको कक्ष (वार्ड) सार्ने भन्दा पनि विरामीको मृत्यु हुने कारण बढी छ ।

बिरामीको मृत्यू हुन थालेको सार्वजनिक भएपछि अस्पतालले सेवा नै बन्द गरेको हो । दाहाल अनिश्चित कालका लागि प्रसूतिका विरामी भर्ना नलिने गरेको जानकारी दिए ।

अस्पतालमा गत जेठ १० र ११ गते उपचारका लागि आएका चैता मण्डल र सविता राईको मृत्यु भएको थियो ।

अस्पतालको लापर्वाहीका कारण मोरङ सुनवर्षी–८ का ३५ वर्षीय चैता मण्डलको जेठ ११ गते शुक्रबार र झापाको बिर्तामोड १० की ३० वर्षीया सविता राईको जेठ १० गते बिहीबार मृत्यु भएको थियो ।

यस्तै सोमवार नोबेल मेडिकल कलेज विराटनगरमा प्रसूति गराउन आएकी धनकुुटा महालक्ष्मी–४ चानुवाकी निर्मला खड्काको मृत्यु भयो ।

गत शुक्रवार छोरीलाई जन्म दिएकी खड्काको अकस्मात अवस्था बिग्रिएपछि आकस्मिक शल्यक्रिया गर्न लगियो ।

तर उनी फर्किनन् । गत शनिवार नोबेलमै प्रसूति गराउन आएकी सुनसरीको गढी गाउँपालिका ४ छिटहाकी २६ वर्षीया चाँदनी मेहता र उनको नवजात शिशुको मृत्यु भयो ।

भने गत असार ९ गते शनिबार भर्ना भएकी सप्तरी कञ्चनरुप नगरपालिका–८ की २८ वर्षीया अनु सोनीको मृत्यु भयो ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार स्वास्थ्य महाशाखाबाट स्वीकृत लिएर आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको नाबेल मेडिकल कलेजले सेवा बन्द गरेपनि सम्बन्धित निकायलाई जानकारी गराएको छैन ।

स्थानीय सरकार हुँदै परिवार स्वास्थ्य महाशाखालाई पनि सेवा बन्द गर्ने बिषयमा जानकारी गराउनुपर्ने हुन्छ ।

तर, नोबेलले सेवा बन्द गराएको बिषयमा महानगरपालिकालाई पनि जानकारी गराएको छैन ।

सेवा बन्द गरेको बिषयमा महानगरलाई जानकारी नै नआएको स्वास्थ्य महाशाखा प्रमुख लजिता योञ्जनले बताएकी छिन् ।

यस्तै अस्पतालले पूर्व क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई पनि जानकारी गराएको छैन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles