13.3 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Monday, December 23, 2024
spot_img

कलिला बिद्यार्थीलाई अप्राकृतिक मैथुन गराउने शिक्षक पक्राउ

पर्वत,  साउन ८ गते ।

आफ्ना कलिला बालबालिका शिक्षा दिक्षा दिन बिद्यालय पठाउँछन अभिभावकले ।

भबिश्यको बाटो देखाउने र असल चरित्र निर्माणका लागि बालबालिकालाइ दिक्षित गर्ने गुरु बाटै बालबालिका चर्को यौन हिंसामा परेका घटनाहरु बाहिर आउन थालेका छन ।

पर्वतको फलेबास नगरपालिकामा प्राथमिक तहमा शिक्षा आर्जन गर्न बिद्यालय पुगेका साना बालबालिकाहरु शिक्षकको यौन हिंसामा परेको खुलासा भएको छ ।

पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नम्वर ६स्थित माझीगाउ प्राथमिक बिद्यालयका प्राधानाध्यापक जिल्ला खिलप्रसाद पौडेल बिद्यार्थीलाई अप्राकृतिक मैथुन(जर्बजस्ती करणी) गरेको आरोपमा पक्राउ परेका हुन ।

५१ बर्षिय प्रधानाध्यापक पौडेलले फलेवास नगरपालिका – ६ मा रहेको माझीगाउ प्राविमा अध्ययनरत ७ देखि १२ बर्ष उमेरका ३ जना बालिका र अर्को एक बिद्यालयमा अध्ययनरत सोही उमेर समुहकी वालिकालाई पटक पटक फकाएर अप्राकृतिक मैथुन गराउँदै आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रअ पौडेलले करिब एक बर्ष अघि देखि आफ्नो यौनाङ्ग खेलाउन लगाउने र आफुँले पनि बालबालिकाको यौनाङ्ग खेलाइदिने गरेको पिडीत बालबालिकाले अभिभाबक संग बताएका थिए ।

अभिभावकले उक्त अपराध थाहा पाएपछि आइबार अभिभावक, शिक्षक, र बिद्यार्थीका बिचमा बिद्यालयमा समेत छलफल भएपछि शिक्षकले गरेको अरपाध पुष्टि भएको थियो ।

अभिभावकले प्रअ पौडेललाई कालोमोसो र जुत्ताको माला लगाउँनुका साथै प्रहरी चौकी फलेबासलाई बुझाएका थिए ।

अभियुक्त पौडेलका बिरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ भने जवरजस्ती करणी ( अप्राकृतिक मैथुन) शिर्षकमा मुद्धा दर्ता गरी पर्वत जिल्ला अदालतबाट ५ दिन म्याद थपि थप गरिएको प्रहरी निरीक्षक रबिन्द्र श्रेष्ठले जानकारी दिए .।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading