34.4 C
Mahendranagar
Monday, April 29, 2024
spot_img

प्रदेश नं २ मा लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

वीरगञ्ज, साउन १० गते ।

आर्थिक वर्ष २०७४÷७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा रु ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ ।

सरकारले सिर्सियालाई आव २०७४÷७५ मा रु २८ अर्ब २९ करोड ४२ लाख ५९ हजार राजश्व उठाउने लक्ष्य दिएको थियो ।

कार्यालयले ९६ दशमलव ५ प्रतिशत अर्थात् रु २७ अर्ब ३३ करोड ५१ लाख ९३ हजार मात्र राजश्व उठाउन सकेको छ ।

आव २०७३÷७४ मा कार्यालयलाई रु २१ अर्ब चार करोड आठ लाख ८० हजार राजश्व उठाउने लक्ष्य दिएकामा रु २१ अर्ब ५८ करोड ८५ लाख राजश्व संकलन गरेको थियो ।

सुख्खा बन्दरगाह कार्यालयका भन्सार अधिकृत धनबहादुर बडुवालका अनुसार आव २०७४÷७५ मा सो कार्यालयले भन्सार महसुलतर्फ रु ११ अर्ब ६४ करोड ३० लाख ५३ हजार, मूल्य अभिवृद्धि करतर्फ रु १४ अर्ब दुई करोड ६० लाख ३८ हजार तथा अन्तःशुल्कतर्फ रु एक अर्ब ६६ करोड ६१ लाख राजश्व संकलन गरेको थियो ।

विसं २०६४ मा स्थापना भएको सिर्सिया सुख्खा बन्दरगाहलाई चालू आवमा रु ३६ अर्ब २४ करोड ३२ लाख ६ हजार राजश्व उठाउने लक्ष्य दिइएको छ ।
रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles