15.3 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, November 23, 2024
spot_img

प्रेमीकै सहयोगमा बलात्कार !

काठमाडौं, साउन १४, २०७५ ।

 राजधानीको कलंकीमा एक युवती बलात्कृत भएकी छन् ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सशस्त्र प्रहरी बलका दुई जवानलाई पक्राउ गरेको छ ।
पीडितले महानगरीय प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा दिएको जाहेरीको आधारमा प्रेमी रामशरण पोखरेल र उनका साथी चन्द्र प्रसाईं पक्राउ परेका हुन् ।
उनीहरु दुबै सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालय, बलम्बुमा कार्यरत थिए ।
घटनाको अनुसन्धान भइरहेको र दुवैमाथि जबरजस्ती करणी र जबरजस्ती करणी प्रयाससम्बन्धी मुद्दा चलाइने कालिमाटीका डिएसपी प्रदीप क्षत्रीले बताए ।
पोखरेल दुई वर्षअघि एक युवतीसँग प्रेममा थिए । तर, उनीहरुको सम्बन्ध लामो समयसम्म टिकेन ।

पोखरेलको गतिविधिप्रति शंका लागेपछि ‘प्रेमिका’ विस्तारै टाढिएइन् ।
‘भन्डै एक वर्षपछि फेसबुकमा साथी बन्यो’ पीडित युवतीले प्रहरीलाई प्रारम्भिक बयानमा भनेकी छन्, ‘म सुधि्रएँ, जागिर पनि छाडेँ ।

होटल सञ्चालन गर्दैछु भन्यो ।’
पोखरेलले बिहीबार कलंकीस्थित आशिर्वाद गेस्ट हाउसमा आउन आग्रह गरे ।

‘होला त नि भनेर भेट्न गएँ । तर, त्यहाँ नसोचेको…’, युवतीले भनेकी छन् ।
उनीहरुले खानपिन गरे । त्यो होटलले पोखरेलले सञ्चालन गरेका थिएनन्, उनी अर्कै योजनामा थिए ।

त्यसका लागि दुई वटा कोठासमेत बुक गरेका थिए ।
‘एउटै कोठामा बसेर खाइरहेका थियौं ।

घरी ऊसँग बस्ने गर है भनेर बाहिर निस्किन्थ्यो ।

घरी के गथ्र्यों’, पीडित युवतीले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ, ‘तर, त्यतिवेला मैले मानिन । उसँगै निस्किएको थिएँ ।’
रात छिप्पिँदै गएपछि प्रसाईं निन्द्रा लाग्यो भन्दै एउटै कोठामा सुते ।

दुई वटा खाट कोठामा भएकाले ‘एउटामा हामी, अर्कोमा ऊ सुतोस्’ भनेर पोखरेलले भनेछन् ।
युवती मान्दिनन् । उनी अर्को कोठामा जान्छिन् ।

पोखरेलले उनलाई पछ्याए र अन्तिम पटक भन्दै रक्सी खुवाए । ‘अर्को केटाले बेइमान गर्न सक्छ भनेर युवती आफैंले चुकुलसमेत लगाएकी रैछिन्’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।
पीडित युवतीका अनुसार राति ४ बजेतिर ब्यूँझदा उनलाई असहज महसुस भयो ।

उनीसँग प्रेमी होइन, उनका साथी थिए । ‘केही गलत हर्कत गर्न खोजेको जस्तो लाग्यो ।

मान्छे पनि मोटो थियो’ उनले भनेकी छन्, ‘म अर्धनग्न थिएँ ।’
‘प्रेमी’का साथी कतिबेला र कसरी आफ्नो कोठामा आइपुगे भन्ने थाहा नभएको उनले बताएकी छन् । यसबारे पोखरेललाई भन्दा उल्टै सम्झाउन खोजको उनको भनाइ छ ।
त्यसपछि युवतीले प्रहरीलाई फोन गर्ने बताइन् । तर, प्रेमीले मोबाइल फुटाइदिए ।
विहान उनीहरुसँग छुटि्टएर युवतीले प्रहरीसमक्ष जाहेरी दिइन्, त्यसै आधारमा दुवै पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुको कोठाबाट कण्डम र केही मदिराको बोटलसमेत बरामद गरेको छ ।

पक्राउ परेपछि पोखरेलले आफूले युवतीसँग सम्बन्ध राखेको स्वीकार गरेका छन् ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading