39.4 C
Mahendranagar
Monday, April 29, 2024
spot_img

नदीमा पौडी खेल्न गएका ४ किशोर मध्ये, २ जना मर्स्याङ्दीमा वेपत्ता

लमजुङ,  साउन १९ ।

लमजुङमा मर्स्याङ्दी नदीमा पौडी खेल्न गएका ४ किशोरमध्ये दुई जना वेपत्ता भएका छन् ।

नदीमा डुबेका मध्ये एकजनाको उद्दार गरेर बेपत्ता २ जनाको खोजी कार्य जारी प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा मर्स्याङ्दी गाउँपालिका– ९ सिम्पानीका १५ वर्षीय अजीत थापा, बेसीशहर नगरपालिका– ६ कमैडाँडाँका १५ वर्षकै योगेन्द्र रिमाल  मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा नदीमा डुवेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनीकै साथमा गएका मकैडाँडाका १५ वर्षीय प्रतीक रिमाललाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको उद्दार कार्यमा खटिनु भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी इन्सपेक्टर वसन्त पाण्डेले बताउन भयो ।

उहाँका अनुसार उनीहरू बेसीशहर नगसपालिका– १ स्थित चिप्लेटीबाट मर्स्याङ्दीमा नदीमा पौडीन हाम फालेका रहेछन् ।

तीनसहित मैकैडाँडा निवासी अर्का सुमित रिमाल पनि साथी गएको तर उनले पौडी नखेली बसेको र साथीहरू वेपत्ता भएपछि प्रहरीलाई खबर गरेका हुन् प्रहरी इन्सपेक्टर पाण्डेले बताउनु भयो ।

खबर पाउनासाथ खटिएको प्रहरीको रेस्क्यु टोलीले उद्दार खोजीकार्य जारी राखेको छ ।

प्रतीक रिमालको प्रहरीले नै उद्दार गरेको प्रहरी इन्सपेक्टर पाण्डेले जानकारी दिनु भयो ।

उहाँका अनुसार साँझ ६.३० बजेसम्म पनि ती दुईजनाको कुनै पत्तो छैन, खोजीकार्य जारी छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles