25.9 C
Mahendranagar
Sunday, April 28, 2024
spot_img

गोली हानेर धनमाल लुटपाट, लुटेरा समूह फरार

धनुषा, साउन २५, २०७५ ।

करीब १०१२ जनाको समूहमा आएका लुटेरा समूहले गोली प्रहार गर्दा मिथिला नगरपालिका-८ जमुनिवास चोक बस्ने ३८ वर्षीय पुष्पलाल श्रेष्ठ घाइते भएका छन् ।

गएराति उनको घरमा लुटेराहरुले लुटपाट गर्न खोजेपछि श्रेष्ठले प्रतिकार गर्दा उक्त समूहले गोली प्रहार गरी घाइते बनाएर मंगलसुत्र र ब्रासलेट गरी साढे ६ तोला सुन, १५ तोला चाँदी र नगद २ लाख ५० हजार रुपैयाँ लुटपाट गरेको बताइएको छ ।

घाइते श्रेष्ठलाई जनकपुर अंचल अस्पतालबाट थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।

फरार लुटेराहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles