14.3 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Monday, December 23, 2024
spot_img

हवाई यात्रु बिमा १ करोड ७८ लाख

काठमाडौं, भाद्र ८, २०७५ ।

  हवाई दुर्घटनामा ज्यान गुमाउनेको परिवारले अब बिमाबापत १ लाख ५८ हजार ९१० डलर (१ करोड ७८ लाख ९७९ रुपैयाँ) पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा दुर्घटना भए मृतकका परिवारले २० हजार डलर  (२४ लाख रुपैयाँ) पाउँदै आएकोमा अब भने बिमा रकम ८ गुणाले बढ्नेछ ।

विमान दुर्घटनाको क्षतिपूर्ति रकम बढाउने मोन्ट्रियल महासन्धि प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै क्षतिपूर्ति रकम बढ्ने भएको हो ।

संस्कृति पर्याटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले बिहीबार संसदमा अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण व्यवस्था गर्ने मेन्ट्रियल महासन्धि पेश गरेका थिए ।

उक्त महासन्धि संसदले सर्वसम्मत पारित भएको हो ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading