बेलाबखत चालक निदाएर सवारीसाधन दुर्घटना भयो भन्ने सुन्नमा आउने गर्दछ ।
अब सवारी चालकलाई निदाउन नदिन सरकारले देशका विभिन्न स्थानमा आराम गर्ने स्थल स्थापना गर्न लागेको छ ।
सरकारले सवारी चालक र सहचालकले आरामदायी यात्रासहित यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउने उद्देश्यका साथ सात प्रदेशका १४ स्थानमा यस्ता आराम स्थल स्थापना गर्न लागेको हो । केही स्थानमा आराम स्थलहरु सञ्चालनमा आइसकेका छन ।
चालकको लापरवाही तथा थकानका कारण बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सरकारले चालक, सहचालक तथा यात्रुलाई आराम गर्नका लागि आराम स्थलहरुको स्थापना गर्न लागेको हो ।