27.4 C
Mahendranagar
Monday, April 29, 2024
spot_img

पेस्तोलसहित ६ जना पक्राउ

काठमाडौ, भाद्र २१, २०७५ ।

धनुषा र ललितपुरबाट प्रहरीले पेस्तोल सहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मध्ये ५ जना काभ्रेको खानीखोला गाउँपालिका(७ स्थित छोईछेल कुण्डलीङ गुम्बामा लुटपाट गर्ने रहेका छन् ।

पक्राउ परेका मध्ये धनुषा जनकपुर उपमहानगरपालिका(१ वकिलमहाला डेरा गरी बस्ने महोत्तरी मटियानी नगरपालिका(२ घर भएका ३६ वर्षीय सुनिल मुखिया सहनीलाई १ थान पेस्तोल र सोको म्याग्जिन २ थान सहित प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रेलवेबाट खटिएको प्रहरी टोलीले सहनीलाई कोठा बाहिर भर्‍याङ मुनी लुकाई राखेको उक्त पेस्तोल र म्याग्जीन सहित बुधबार पक्राउ गरेको हो ।

यसैगरी काभ्रे खानीखोला गाउँपालिका–७ स्थित छोईछेल कुण्डलीङ गुम्बाका पुजारी तिलक लामालाई मंगलबार राति पेस्तोल देखाई १ थान शंख र ३ लाख ५० हजार रुपैयाँ लुटपाट गरी फरार भएका सोही ठाउँ बस्ने २५ वर्षीय अनिल घिसिङ सहित ५ जनालाई चाईनिज पेस्तोल १ थान, सोको गोली २ राउण्ड, म्याग्जीन १ थान, लुटपाटमा प्रयोग भएको बा।

५६ प ७०८३ र बा।६७ प ३७३३ नम्बरको मोटराइकल, पित्तलको कचौरा र नगद २ हजार ४ सय ९० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा आएका ५ जना ब्यक्तिहरुले पेस्तोल देखाई उक्त शंख र नगद लुटी ललितपुर जिल्लातर्फ भागेको खबर बुधबार प्राप्त हुनासाथ काभ्रे र ललितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ललितपुर महांकाल गाउँपालिका(५ चन्दनपुर ससिया भन्ज्याङबाट उक्त हतियार सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles