मुलुकमा सडक दुर्घटनाका कारण प्रत्येक वर्ष करीब पाँच हजारले ज्यान गुमाउने गरेका छन् ।
नेपाल इञ्जरी अनुसन्धान केन्द्रद्वारा आज यहाँ आयोजित ‘दुर्घटनाका घाइतेलाई प्राथमिक उपचार’ विषयक अन्तरक्रियामा विश्व स्वास्थ्य सङ्गठनले तयार गरेको प्रतिवेदनमा दुर्घटनामा ती यात्रुको मृत्यु हुने जनाइएको छ ।
त्यसैगरी दुर्घटनामा सामान्य र गम्भीर गरी १० हजारभन्दा बढी घाइते हुने गरेको उल्लेख छ ।
सडकमा खाल्डाखुल्डी, चालकको हेलचेक्र्याइँ, निरन्तर ट्राफिक नियमन र सवारी साधनको बिगँ्रदो अवस्थाजस्ता कारण दुर्घटना हुने गरेको छ ।