14.3 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Monday, December 23, 2024
spot_img

रुकुम पुर्वमा झांक्री नाचको रौनक

रुकुम पुर्व , भाद्र २३, २०७५ ।

प्राचिन काल देखी नै मानव जातीले झाँक्रीवाद र झारफुकमा बिश्वास गर्दै आएका छन् ।

रुकुम,रोल्पाको सिमित क्षेत्रमा प्राचिन धर्म संस्कृति संस्कार अझै सम्म जीवित रहेको पाईन्छ ।

रुकुम पुर्बको पुथा उत्तरगंगा गाउँपालीका १० तकसेरामा नया झाँक्री बनाउँदा ठुलो मेला लाग्दछ ।

नया झाँक्री बनाउँदा पुराना सबै झाँक्री जम्मा गराएर शास्त्रीय विधी पु¥याएर नाच्ने गर्दछन् ।

गुरुबाले विधीवत रुपमा कथा सुनाउछ भने अरु शिष्याहरुले लय मिलाएर गाउँछन् ।

खुल्ला चौर र घरमा दिनभर ९ पटक ओहोर दोहोर गरी नाचे पछि नया झाँक्रीलाई सल्लामा चढाएर बिधि पुर्याइ नया झाँक्री तयार हुन्छ ।

झाँक्रीका भान्जाहरु दिनभर झाँक्रीसँगै खरानी फाल्दै नाच्दछन् । खरानीले हान्दा झगडा र गाली गलौज गर्न पाईदैन् ।

यसरी खरानीले हान्दा राक्सो तर्र्र्र्सेर जाने र नया झाँक्रीलाई राम्रो हुने जन बिश्वास छ ।

शास्त्रीय विधी पुरा भए पछि झांक्री नाच्दै घर फर्किन्छन् । रुकुम पुर्वका तकसेरा मात्र होइन अन्य बस्तीमा पनि यस्तो नाच नाच्ने परम्परा छ ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading