25.4 C
Mahendranagar
Monday, April 29, 2024
spot_img

कर्मचारीद्वारा कार्यालयमै आत्महत्या

मलंगवा :  जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका खरिदार नविनकुमार चौधरी आइतबार बिहान कार्यालयमै झुण्डिर आत्महत्या गरेका छन् ।

सर्लाही बबरगंज २ बस्ने २८ वर्षीय चौधरी घाँटीमा पासो लगाएर आत्महत्या गरेको जिल्ला जन स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख हरिशचन्द्र साहले जानकारी दिए । सात महिना पहिले जागिर खाएका चौधरी कार्यालय बन्द रहेको अवस्थामा शनिबार राति कार्यालयको काम्पाउण्ड नाघि कार्यालयमा पसेका थिए । कोही नभएको अवस्थामा कार्यालयको भर्‍याङमाथि पासो लगाएर आत्महत्या गरेका हुन् ।

मृतक चौधरीको केही दिनदेखि डिप्रेशनको रोगी रहेको कार्यालय प्रमुख साहले जानकारी दिए । चौधरी काठमाडौंमा उपचार गराएर औषधी समेत सेवन गर्दै आएका थिए । उनले किन आत्महत्या गरेको हो त्यसबारे केही आफुहरुलाई जानकारी नभएको साहले बताए ।

बाबुको एक्लो सन्तानको रुपमा रहेको चौधरीको आत्महत्याको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक सीताराम रिजालले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles