32.1 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

अस्पताल सरसफाइमा तरुण दल

हेटौंडा, कार्तिक १०, २०७५ ।

नेपाल तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा शनिबार हेटाैँडा अस्पताल सरसफाइ गरिएको छ ।

स्थापना दिवसको अवसर पारेर तरुण दल मकवानपुरले हेटांैडा अस्पताल सरसफाइ गरेको हो ।

तरुण दलले सरकारले निःशुल्क व्यबस्था गरेको औषधिहरु अनिवार्यरुपमा बितरण हुनुपर्ने, अस्पतालमा सफा पिउने पानी व्यबस्था गर्नुपर्ने, अस्पतालपरिसरमा बैंङिक सेवा सुरु गर्नुपर्नेलगायत माग गरी ज्ञापनपत्र बुझाएको दल मकवानपुर अध्यक्ष ईश्वर पाठकले जानकारी दिनुभयो ।

तरुण दलले हेटौंडा अस्पतालको सेवा सुधार गर्न सुझाव पनि दिएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै अस्पतालको सेवा सुधारका लागि सुझाव दिइएको हो ।

तरुण दलले अस्पतालमा नाक, कान, घाँटी र छाला रोगको विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने माग गरेको छ ।

१० वर्षअघि लगाइएको महायज्ञबाट संकलित रकमबाट आईसीयु सञ्चालनका लागि उपकरण खरिद गरिएको भन्दै तरुण दलले आईसीयु सञ्चालनको माग गरेको छ ।

अस्पतालको फार्मेसीबाट औषधी उपलब्ध हुनुपर्ने, अस्पतालपरिसरमा एटीएम व्यबस्था हुनुपर्नेलगायत माग राखिएको छ ।

ज्ञापनपत्र बुझाउँदै दल जिल्ला अध्यक्ष पाठकले अस्पतालले गर्ने सुधारका काममा साथ रहने र आवश्यक सहयोगका लागि तरुण दल तयार रहेको बताउनुभयो ।

मेडिकल सुपरिटेन्डेन्ट डा. श्रेष्ठले आफू आएलगत्तै सुधारका काम थालेको जानकारी दिँदै तरुण दलले औंल्याएका कामलाई अघि बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

जिल्ला अध्यक्ष पाठकको नेतृत्वमा भएको सरसफाइमा अस्पताल क्षेत्रका झाडी फँडानी, घाँस काट्ने, प्लाष्टिक र कागजका टुक्रा संकलन, सिसा एवम् बोतल संकलन गरिएको थियो ।

सरसफाइ कार्यक्रममा जिल्ला, नगर र वडा तहका तरुणको सहभागिता थियो ।

कार्यक्रममा तरुण दल नगर अध्यक्ष सुनिल गिरी, नेतृ पवित्रा बिश्वकर्मा तथा अन्य नेता÷कार्यकर्ताको उपस्थिति थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles