20.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Monday, December 23, 2024
spot_img

आज कुकुरतिहार

काठमाडौं , कार्तिक २०, २०७५ ।

हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन मंगलबार कुकुरको पूजा गरी कुकुर तिहार पर्व मनाइँदैछ।

घरको सुरक्षा गर्ने कुकुरको पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ।

“कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो”– नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भने ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ।

घ्राण क्षमता वा सुँघेर बस्तु चिन्ने क्षमतामा अति शक्तिशाली मानिने कुकुरलाई यमराजको यमदूत वा सहायक मान्ने गरिन्छ ।

मानवबस्तीमा डुल्ने कुकुर पृथ्वीको जुनसुकै हावापानी हुने ठाउँमा रहेको बस्तीमा पाइने मान्छेको पनि सहयोगी जनावर हो ।

हिमाली खण्डमा कुकुरले जीवजन्तु चराउने चरनमा भेडाबाख्रा रक्षा गर्न सहयोग गरेको पाइन्छ ।

यसले वातावरणको सफाइमा पनि सहयोग गर्छ । नेवारी समुदायमा यस दिनलाई खिचापूजा भन्ने चलन छ ।

घरमा कुकुर पाल्नाले मुटुको रोग र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्यासमेत बढ्न थालेको छ।

मंगलबार नै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान गरी नरके नुहाइन्छ। स्नान गरिसकेपछि तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालिन्छ।

यसरी बालेको दीपलाई बगाएमा मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने पनि भनिन्छ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन बिहानै तिलको तेल लगाएर स्नान गर्ने प्रचलन समेत रहेको छ। यसोगरेमा चिसो शरीरभित्र पस्दैन भन्ने वैज्ञानिक मत रहेको छ।

तिहारको दोस्रो दिन कुकुर तिहारको साँझ पनि गाउँघर र शहरमा दीपावली गरी बस्तीलाई झकमक पारिन्छ ।

नगरबस्तीमा तिहारका मूल फूलहरु सयपत्री, मखमली, गोदावरीको माला र राश बनाई बेच्ने किन्ने भीड लाग्दछ ।

शहरमा तिहारका मालसामानको किनमेल गर्नेको पनि घुइँचो देखिन्छ ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading