39.4 C
Mahendranagar
Monday, April 29, 2024
spot_img

आज लक्ष्मी पूजा

ललितपुर, कात्तिक २१ गते ।

यमपञ्चकको तेस्रो दिन बुधवार धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै छ । फोहर र उज्यालो नभएको स्थानमा लक्ष्मीको वास हुँदैन भन्ने मान्यता अनुरुप यो दिन भकारी, धनसार, अट्टालिका, बुइँगल, कोठाचोटा, आँगन सबै स्थान सफा र उज्यालो गरी दीपावलीसाथ लक्ष्मीको आराधना गर्ने प्रचलन छ ।

पात्रो अनुसार गाई र गोरुपूजा बिहीवार तोकिए पनि कसैकसैले लक्ष्मीपूजाकै दिन लक्ष्मीको प्रतीक मानेर गाईलाई पूजा गर्ने प्रचलन छ ।

यसै दिन गाईको पुच्छरमा जनैपूर्णिमाका दिन बाँधिएको डोरो बाँधेर बैतरणी नदी पारको मनोकाङ्क्षा पनि राखिन्छ ।

ज्योतिषशास्त्र अनुसार स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको पूजा गर्दा लक्ष्मी स्थिर भएर रहन्छिन् भन्ने मान्यता छ

ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार घाम अस्ताउनु अघिको २४ मिनेट र पछिको प्रदोषकालमा उद्यमी व्यावसायीले लक्ष्मीको पूजा गर्दा राम्रो हुन्छ भने गृहस्थका लागि साँझ ५ः४३ देखि ७ः३५ बजे सम्मको समय उत्तम रहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles