रुकुम , कात्तिक २१ गते ।
बढ्दो बिद्युतीकरणसँगै गाँउ गाँउमा आरामेसिन भित्रन थालेपछि पुर्खाैंदेखीको चिरानी पेशा लोभ हुँदै गएको छ ।
चिरानी पेशालाई व्यवसायिक रुपमा अंगाल्दै आएका स्थानीयहरुले आफ्नो पेशा संकटमा परेको दुखेसो गर्न थालेका छन् ।
लोप हुँदै गएको चिरानी पेशा रुकुमका केही गाँउहरुमा बिरलै मात्रमा पाइन्छ ।
रुकुम पश्चिमकोे झुल्नेटा,मुरु झुला,दुली, पिपल तथा रुकुम पुर्वका पोखरा,स्यालापाखा, लगाएतका ठाँउमा अझै सो पेशाबाटै स्थानियले गुजारा चलाइरहेका छन् ।
घर निमार्णका लागी तयार पारिने काठलाई आफ्नै सिप प्रयोग गरी चिरानी मार्फत चिर्ने गरिन्छ ।
हेर्दा जोखिम जस्तो लागेपनि काठ चिर्दा सजिलो हुने र बिद्युत मेसिनबाट चिरेको भन्दा राम्रो हुने गर्दछ ।
स्थानियका अनुसार चिरानी पेशाबाट दैनिक ५०० देखी ७०० सम्म आम्दानी हुने गर्दछ ।
गाँउमा निमार्ण गरिने घर, शौचालय एवं बिद्यालयमा चिरानी मार्फत स्थानिय सिपबाट तयार गरिएका काठ प्रयोग गरिन्छ ।
तर अधिकांश ठाँउमा बिद्युतिकरणसँगै आधुनिक आरामेसिनबाट काठ निमार्ण गर्न थालिएकोले आफुहरुको पेशा संकटमा गरेको स्थानियहरुको चिन्ता छ ।