23.7 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, November 23, 2024
spot_img

उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्रीको खिल्ली उडाए

काठमाडौं , कार्तिक २५ ।

उपप्रधानमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल आफ्नै जीवनकालमा विश्वास नभएको बताएर सरकारकै योजनाको खिल्ली उडाएका छन् ।

भारत र चीन दुवै देशबाट रेलमार्ग बनाउन धमाधम काम भइरहेका बेला उपप्रधानमन्त्रीले नै यस्तो बताएका हुन् ।

भारतीय पत्रिका द विकलाई दिएको अन्तर्वार्तामा यादवले भनेका छन् ‘यो सजिलो छैन।

र मलाइ लाग्दैन मेरो जीवनकालमा यो देखिने छ।’

प्रधानमन्त्रीले केही वर्षभित्रै रेल ल्याइने बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणमा यससम्बन्धि सम्झौता समेत भइसकेको छ ।

भारतसँग त काम नै अघि बढीसकेको छ ।

तर, उपप्रधानमन्त्रीले यो योजनाको खिल्ली उडाएकोमा प्रधानमन्त्री निकट व्यक्तिरु आश्चर्यमा परेका छन् ।

अन्तर्वार्ताको क्रममा उनले चिनियाँ वन्दरगाहा ३ हजार किलोमिटर टाढा भएको र कलकत्ता पोर्ट १ हजार किलोमिटर भन्दा कम रहेकोले यो उपयुक्त विकल्प बताएका छन्।

भारतसँग के अपेक्षा छन् ? भन्ने प्रश्नको जवाफमा यादवले भारत विकास र समृद्धिको सहयात्री बन्नु पर्ने बताएका छन्।

भारत नेपालको नजिकको छिकेकी भएको बताउँदै जीवन र भविष्य सँगसँगै भएको बताएका छन्। हाइड्रो, सिंचाइ जस्ता विषयमा सहकार्यको गति बढाउनु पर्ने बताएका छन् ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading