37.5 C
Mahendranagar
Thursday, May 2, 2024
spot_img

सीमाका बाँधको ढोका खोल्न भारतको निर्देशन

भारत सरकारले नेपाली सीमा बाँधको ढोका खोल्न सम्बन्धित क्षेत्रका कर्मचारीलाई निर्देशन दिएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग आइतवार साँझ टेलिफोन वार्ता गर्ने क्रममा आफूले सीमा बाँधको ढोका खोल्न निर्देशन दिएको जानकारी गराएकी हुन ।

टेलिफोन वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले निर्देशन दिएको जानकारी गराएको परराष्टमन्त्रालयले जनाएको छ ।

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै स्वराजले विपद्को घडीमा भारत सरकारले सक्दो सहयोग गर्ने बताएको पनि मन्त्रालयले जनाएको छ ।

यसअघि मन्त्री महराले शनिवार दुई पटक भारतीय राजदूत मञ्जिब सिंह पुरीसँग सीमा बाँधको ढोका खोल्न टेलिफोन वार्ता गरेका थिए । राजदूतसँगको कुराकानीका आधारमा मात्रै सीमा बाँधका ढोका नखोलिएपछि मन्त्री महराले पुन समकक्षी स्वराजसँग टेलिफोन वार्ता गरेका हुन ।

 

गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको जनाएको छ ।

गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा नौ, सुनसरीमा आठ, मोरङमा छ, सिन्धुली र झापामा चार/चार, दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा तीन/तीन, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा दुई/दुई तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक/एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी झापामा १४, रौटहटमा आठ, मोरङमा सात, सुनसरीमा छ, मकवानपुर र पाँचथरमा तीन/तीन, पर्सामा दुई तथा सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दिमा एक/एक जना बेपत्ता भएका छन् ।

विपद्का कारण हालसम्म एक हजार पाँच घरमा क्षति पुगेको गृहमन्त्रालयले जनाएको छ । बाढीपहिरो तथा डुबानमा परेका व्यक्तिको खोज,उद्धार र राहत वितरणका लागि केन्द्रमा गृह मन्त्रालय र प्रभावित जिल्लामा जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी प्रतिकार्यका लागि समन्वय भइरहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताएका छन् ।

राहत वितरणका लागि प्रभावित २१ जिल्लामा रु एक करोड ९८ लाख रकम निकासा गरिएको गृह मन्त्रालयले जनाएको छ । सरकारले बाढी पहिरोमा परी निधन भएका परिवारलाई दुई लाख रुपैया राहत दिने घोषणा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबारदेखि बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जादैछन् । गृहमन्त्री जनाद्र्धन शर्मा आइतवार नै बाढी र डुवान प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा गएका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles