29 C
Mahendranagar
Saturday, May 4, 2024
spot_img

एउटै नम्बर प्लेटका दुईवटा ट्रक बरामद

वीरगन्ज , मंसिर १५, २०७५ ।

सशस्त्र प्रहरीले एकीकृत भन्सार जाँच चौकी आईसीपीबाट एउटै नम्बर प्लेट रहेका २ वटा ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीको आईसीपी सुरक्षा बेशबाट खटिएको टोलीले एउटै नम्बर प्लेट र एउटै सवारीधनी भएको २ वटा ट्रक नियन्त्रणमा लिएको हो ।

नम्बर जीजे २३ वाई ८८६१ रहेको तर चेचिस नंम्बर र इन्जिन नंम्बर फरक फरक भएको दुईवटा ट्रक फेला परेपछि नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक खड्काले जानकारी दिए ।

एउटा ट्रकको इन्जिन नं. एच.वाई.ई.जेड. ४२३४९८, चेचिज नम्बर MB1A3EHD3HAXG9165 र अर्कोको इन्जिन एच.डब्लू.पी.जेड. १३८५८७, चेचिस नम्बर MB1A3EHD9HAVH1335 भएपनि नम्बर प्लेट भने एउटै रहेको सशस्त्र प्रहरीको दावी छ ।

दुवै ट्रक एउटै व्यक्तिको रहेको र उनी भने फरार भएका सशस्त्र प्रहरीले बताएको छ ।

अन्दाजी मूल्य ४२ लाख रहेको ट्रक आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी वीरगंज भन्सार गुल्मले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles