20.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Monday, December 23, 2024
spot_img

पाथीभराको दर्शन गर्न हिडेका तीर्थयात्री चढेको जिप दुर्घटना

ताप्लेजुङ ,चैत्र २७, २०७५ ।

ताप्लेजुङको पाथीभराबाट फुङ्लिङ आउँदै गरेको पिकअप भ्यान मंगलबार राति दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर छ ।

पाथीभराको दर्शन गरेर फर्कने क्रममा मे १ ज १४८६ नम्बरको जिप मङ्गलबार राती १० बजेतिर सुकेटार गुप्ते नजिक दुर्घटना हुँदा उक्त सङ्ख्यामा तीर्थयात्री घाइते भएका हुन् ।

जिप दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गम्भीर घाइते हुनेमा ५४ वर्षीया मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल, ३८ वर्षीया लक्ष्मी सिग्देल र आठ वर्षीय बालक निशान आचार्य रहेका र उहाँहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि अन्यत्र रिफर गरिएको छ ।

घाइते हुनेहरु सबैजना निजगढ बाराका रहेका पनि प्रहरीले जानकारी दिएको छ ।

उक्त जिपमा १६ जना यात्रु सवार रहेका थिए भने तीव्र गतिका कारण जिप अनिन्त्रित भई सडक छेउमा पल्टिएको बताइएको छ ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । कच्ची सडक र तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading