22.9 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Monday, December 23, 2024
spot_img

गोदावरी खोलादेखि हनुमन्ते खोलासम्म मानव साङ्लो

काठमाडौँ, जेठ २१ गते ।

गोदावरी सरसफाइ अभियानले विश्व वातावरण दिवसका अवसरमा बुधबार (भोलि) मानव साङ्लो बनाउने भएको छ ।

गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियान, ललितपुरले गोदावरी खोलादेखि हनुमन्ते खोलासम्म १७ किलोमिटर लामो मानव साङ्गो बनाउन लागेको हो ।

मानव साङ्लोपछि ललितपुरको गोदावरी चोकदेखि गोदावरी खोला किनारामा खुस्बु कोलोनीमा हुने सरसफाइ अभियानमा शहरी विकासमन्त्री मोहम्मद इश्तिायक राई र खानेपानीमन्त्री बीना मगरको सहभागिता हुनेछ ।

धार्मिक र पर्यटकीयस्थलले महत्वपूर्ण रहेको यस क्षेत्रमा नुहाउनयोग्य पानी बगाउने यस अभियानले मुख्य लक्ष्य बनाएको छ ।

गत फागुन २६ गते आइतबारबाट शुरु गरेको यो अभियानले गत आइतबार १३ आँै हप्ता पूरा गरेको हो । गोदावरी खोलालाई स्वच्छ बनाइ नदीलाई पूर्ण र जीवन्त बनाउन सफाइ अभियान शुरु गरिएको हो ।

अहिलेसम्म उक्त खोलाबाट करीब ५० मेट्रिक टन फोहर व्यवस्थापन गरिसकिएको छ ।

प्रत्येक हप्ता करीब २०० ले उक्त खोलामा रहेको फोहर सफा गर्दै आइरहेका छन् ।

अभियानलाई सफल पार्न गोदावरी कुण्डदेखि बालकुमारी पुलसम्म तीन दिनको पदयात्रासमेत गरिएको छ ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading