41.4 C
Mahendranagar
Monday, April 29, 2024
spot_img

कैलालीमा पर्यटन मंत्री प्रेम आले चढेको गाडी दुर्घटना

धनगढी, पौष २७।

कैलालीको गेटामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ । महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो ।

मंत्री आले चढेको सु.प.प्र०१-०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडिले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले पुष्टि गरेका छन् । धनगढी विमानस्थलबाट मेन रोड क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई सो गाडिले ठक्कर दिएको हो ।

गाईलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले आलेको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ । मंत्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका हुन् । ठक्कर दिने गाडीमा सवार सबै सकुशल जनाइएको छ । 

दुर्घटनामा मंत्री आले सवार गाडीको अगाडिको भागमा क्षति पुगेको छ । मंत्री आले भने सकुशल रहेको र उनी आफ्नो गन्तव्यतर्फ लागिसकेको एसपी अधिकारीले जानकारी दिए। गाडी चालक प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles