27.3 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

बाराका युवकले गरे आत्मदाह

चितवन, भदौ ११ गते ।

बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन् । बाराको गढीमाई नगरपालिका–४ घर भई हाल भरतपुर महानगरपालिका–३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नो शरीरमा आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार जैसवालले आफू सुत्ने कोठामा कोही नभएको समयमा आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

सोमबार दिउँसो आफ्नै शरीरमा आगो लगाएका जैसवालको उपचारका क्रममा राति १०ः४० बजे मृत्यु भएको प्रहरीले आज जानकारी दिएको छ । उनको काठमाडौँस्थित कीर्तिपुर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नायब उपरीक्षक रिजालले बताउनुभयो । रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Leave a Reply

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading