15.3 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Tuesday, December 24, 2024
spot_img

‘हेर्ने कथा’ – हराएका प्रकाशलाई घरमै पुगेर नागरिकता प्रदान

भोजपुर ।

युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’का पात्र प्रकाश तामाङलाई उनकै घरमा पुगेर सरकारी टोलीले आइतबार नागरिकता प्रदान गरेको छ ।

लगभग ३३ वर्ष हराएका ४३ वर्षीय प्रकाश तामाङ (काले तामाङ) को भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर १० साङपाङको छाप्लेगाउँ स्थित घरमै पुगेर टोलीले आवश्यक प्रक्रिया पुरा गरी नागरिकता प्रदान गरेको हो ।

षडानन्द नगरपालिका मेयर सुरेन्द्र कुमार उदास, वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख बिनोद अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईं सहितको टोलीले प्रकाशलाई नागरिकता प्रदान गरेको थियो ।

यदि सहि तरिका ले प्रयोग र पेश गरिएमा आजको इन्टरनेट को जमाना मा टेलिभिजन वा YouTube को महत्व र प्रभाव यो समाचार हो। हेर्ने कथा को यो एपिसोड़ हेर्नुहोस।

परिवारसँग लामो समय छुटिएका प्रकाश शनिवार काठमाण्डौबाट हवाई उडानमा सङ्खुवासभाको तुम्लिङटार विमानस्थल हुँदै भोजपुरमा रहेको आफ्नो घरमा आएका थिए । नागरिकता प्रदान गर्दे मेयर उदासले नगरपालिकाको तर्फबाट आगामी दिनमा पनि प्रकाश र परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । सो क्रममा प्रकाशले अवका दिनमा गाउँमै रहेर खेती किसानी गर्ने मनसाय राख्नु भएको थियो । – रेडियो नेपाल

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
70अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading