शनिबार, २३ फागुन २०८२

सर्वोच्चको आदेश – केसीलाई तारेखमा छोड्नु, प्रधानन्यायाधीश पराजुलीका नागरिकता र एसएलसीको प्रमाणपत्र झिकाउनु

सर्वोच्च अदालतले अपहेलना मुद्दा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीको स्वास्थ्यको ख्याल गरी उनलाई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा रिहा गर्न आदेश दिएको हो। सो इजलासले केसीले उठाएको माग बमोजिम  प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र  र नागरिकताको फाइल पनि झिकाउन आदेश दिएको छ। अदालतकाे अादेशमा भनिएको छ- गोपाल पराजुलीकाे नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकताको प्रतिलिपी  झिकाउनुका साथै न्यायपरिषदबाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपीसमेत झिकाउनू। अदालत शशी शर्माको मुद्दाको पुस २३ गते भएको फैसलाको मिसिलसमेत मागेको छ। सर्वोच्चले गोविन्द केसीले बयानमा न्यायसम्पादन गर्ने न्यायाधीशहरूलाई म सम्मान गर्दछु, अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन। स्वच्छ अालोचनामात्र गरी अदालतलगायत समाजलाई घच्घच्याएको हुँ भनेका कारण उनको स्वास्थ्य अवस्थालाई विचार गर्दै पछि ठहरबमोजिम हुने गरी रिहा गर्न अादेश दिएको हो। - सेतोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस