शनिबार, २३ फागुन २०८२

प्रदेश प्रमुखको सपथ आज अपराह्न ४ बजे

काठमाडौँ — नवनियुक्त प्रदेश प्रमुखलाई आज दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ खुवाउने भएकी छिन् ।
राष्ट्रपति निवासमा आज दिउँसो ४ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले सपथ लिनु हुने राष्ट्रपति कार्यालय स्रोतबाट थाहा भएको छ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्नुका साथै प्रदेश प्रमुखको नाम राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो।
सरकारले प्रदेश नं १ मा प्रा डा गोविन्दबहादुर तुम्बहाङ, प्रदेश नं २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ मा अनुराधा कोइराला, प्रदेश नं ४ मा बाबुराम कुँवर, प्रदेश नं ५ उमाकान्त झा, प्रदेश नं ६ मा दुर्गाकेशर खनाल र प्रदेश नं ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस