प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सभाका जेष्ठ सदस्य ७६ वर्षीय लगनलाल चौधरीलाई नेपाली भाषमा शपथ ग्रहण गराएपछि चौधरीले सभाका अन्य एक सय ६ सदस्यलाई शपथ खुवाएका हुन्। चौधरी सिरहा निर्वाचन क्षेत्र नम्बर १ र्को क’ बाट प्रदेश सभामा एमालेका विधायक हुन्। चौधरीले सपथ ग्रहण नेपालीमा गरे पनि अन्य सदस्यले आ आफ्नो मातृभाषमा शपथ ग्रहणको व्यवस्था हुनुपर्ने दबाव दिदैँ केहीबेर हो हल्ला गरेका थिए।
समारोहका सञ्चालक धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईले प्रत्येक सदस्यले आ–आफ्नो मातृभाषामा शपथ खान पाउने व्यवस्था रहेको उल्लेख गर्दै सोही बमोजिम गरिए पनि शपथ पत्र नेपालीमा लेखिएको हुनाले त्यसमै सही गर्न सबै सदस्यलाई अनुरोध गर्दा सांसद अझ बढी आक्रोशित भएका थिए।
प्रतिक्रिया दिनुहोस