शनिबार, २३ फागुन २०८२

सल्यानमा बस दुर्घटना - ३ को मृत्यु, २४ घाइते

सल्यानको त्रिवेणी गाउँपालिका–६ लुहाममा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

रुकुमबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस लुहाम, भाटखोलमा दुर्घटना भएको हो ।

घटनास्थलमै मृत्यु भएका तीनजनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय लुहामले जानकारी दिएको छ ।

घाइतेहरुको श्रीनगरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस