बैठकको सुरुवातमै प्रदेश सभा हलमा मधेस आन्दोलनका शहीदको तस्बिर नराखेको भन्दै राजपाका सांसदहरुले विवाद गरेका थिए । पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य लगनलाल चौधरीले निर्वाह गरेका थिए । ७६ वर्षीय चौधरी सिरहा निर्वाचन क्षेत्र नं १ (क)का एमाले विधायक हुन् ।
बैठकमा पहिलो सम्बोधन संघीय फोरमका सांसद लालबाबु राउतले गरेका थिए । सम्बोधनका क्रममा उनले आन्दोलित वीरगञ्जलाई पनि चित्त बुझ्ने गरी निर्णयहरु गरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश नं २ मा संघीय समाजवादी फोरम, राजपा, एमाले, काँग्रेस र माओवादी गरी पाँच राजनीतिक दलका नेताको प्रतिनिधित्व रहेको छ।
प्रतिक्रिया दिनुहोस